अफगानिस्तानमा कार बम आक्रमणमा कम्तिमा २६ जना सुक्षाकर्मीको मृत्यु

डिसी नेपाल
१४ मंसिर २०७७ १४:०८
4
Shares

घाज्नी । अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ । बम आक्रमणमा परि १७ जना गम्भिर घाइते भएका अन्तराष्टिय समाचार माध्यमहरुले जनाएका छन्।

घाज्नी अस्तालका निर्देशक बाज मोहम्मद हेमातका अनुसार आत्मघातीले सैनिक शिविरमा गरेको यो नै यो सबैभन्दा घातक आक्रमण हो । पछिल्ला केही महिनादेखि सैनिक शिविरलाई लक्षित गरी यति भिषण आक्रमण गरिएका थिएनन् । २६ जनाको मृत्यु भएको र १७ जना गम्भीर घाइते अवस्थाका सैनिक अस्पतालमा ल्याइएको जानकारी छ । मृतक एवं घाइतेहरु सबै सैनिक रहेको निर्देशक मोहमदलाई उदृत गर्दै अन्तराष्टिय समाचारसंस्थाहरुले लेखेका छन्।

घाज्नी प्रान्तीय परिषदका एक सदस्य नासिर अहमद फकिरीले पनि आक्रमणबाट भएको क्षति पुष्टि गरेका छन। तर क्षतिको बिस्तृत विवरण आउन केही समय लाग्ने बताईएको छ।उक्त आक्रमणको कुनै समूहले जिम्मेवारी लिएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *