श्रीलङ्काको कारागारमा दङ्गा : आठको मृत्यु
काठमाडाैं। श्रीलङ्काको राजधानी कोलोम्बोमा बन्दी र कारागारमा खटिएका सुरक्षाकर्मीहरूबीच भएको झडपमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ।
श्रीलङ्काको राजधानी कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दङ्गामा परी कम्तिमा आठ व्यक्तिको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्।
घाइते भएकाहरुमा सुरक्षाकर्मी पनि रहेका छन्। दङ्गामा मारिएका सवै व्यक्ति कैदी नै भएका सिन्हवाले जनाइएको छ। कारागारमा कोरोनाभाइरसको प्रकोप बढ्न थालेपछि बन्दीहरूले धरौटीमा मुक्त हुन पाउनुपर्ने र थप सेवासुविधाको माग गर्दै प्रदर्शन गरेका थिए।
राजधानी कोलोम्बोस्थित वेलिकाडा जेलका बन्दीहरूले छानामा चढेर आफूहरूलाई धरौटीमा छोडियोस् भन्दै प्रदर्शन गरेका हुन्। श्रीलङ्काको जेलहरूमा अहिलेसम्म करिब १,००० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
कारागारमा रहेका बन्दीहरुले शुरु गरेको दङ्गा अनियन्त्रित भएपछि नियन्त्रणमा लिनको लागि बल प्रयोग गर्नु परेको प्रहरी प्रवक्ता अजित रोहनाले बताएका छन्। कारागारमा सुरक्षा बढाउन विशेष तालिमप्राप्त कमान्डोहरूको टोली झिकाइएको छ।
श्रीलङ्कामा कोरोना शुरु भएयता २३ हजार ४०० भन्दा बढीमा कोभिड–१९ को संक्रमण देखिएको र यस संक्रमणबाट ११६ जनाको मृत्यु भइसकेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment