श्रेष्ठ न्याय परिषद् सदस्यमा नियुक्त

डिसी नेपाल
१५ मंसिर २०७७ १८:५८
64
Shares

काठमाडौं। अधिवक्ता रामप्रसाद श्रेष्ठ न्याय परिषद्को सदस्यमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम सुनसरी जिल्ला, धरान निवासी वरिष्ठ अधिवक्ता श्रेष्ठलाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी हुन्।

संविधानको धारा १५३ उपधारा (१) को खण्ड ङ दफाबमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

श्रेष्ठ नेपाल बार एसोसियशनका तर्फबाट न्याय परिषद्मा सिफारिस भएका थिए। बारमा चुनावी प्रक्रियाद्वारा उनी सिफारिस भएपछि संसदीय विशेष सुनुवाई समितिले सिफारिस अनुमोदन गरेको थियो। संसदीय सुनुवाईमा सिफारिस अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ती भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *