भिजिट भिसामा वैदेशिक रोजगारीमा नजान विभागको आग्रह
काठमाडौं । वैदेशिक रोजगार विभागले गैरकानुनी प्रकृया र बाटो अवलम्वन गरी भिजिट भिसामा वैदेशिक रोजगारीमा नजान आग्रह गरेको हो ।
आकर्षक सेवासुविधाको प्रलोभनमा पारि युएईलगायत विभिन्न मुलुकमा भिजिट भिसामा युवाहरुलाई पठाइ कामदार ठगी गर्ने प्रवृत्ति बढेकाे भन्दै प्रलोभनमा परी भिजिट भिसामा नजान विभागले अनुरोध गरेको हो।
भिजिट भिसामा कामदार पठाउन विभिन्न व्यक्ति र संस्था संलग्न रहेको जनाउँदै त्यसप्रति आफ्नो ध्यानकर्षण भएको विभागको भनाइ छ । विभागले मंगलबार एक विज्ञप्ती जारी गर्दे गैरकानुनी रुपमा श्रमिक पठाउने काम नगर्न र नगराउन पनि आग्रह गरेको हो।
भिजिट भिसामा गएका व्यक्तिहरुको सेवा, शर्त तथा सुविधा भनेअनुसार नभएमा उजुरीका लागि कानुनी आधार नभएको भन्दै विभागले अवैध प्रकृयामार्फत वैदेशिक रोजगारीमा सचेत गराएको छ । भिजिट भिषामा गएका व्यक्तिहरुलाई काम गर्ने क्रममा कुनै शारीरिक, मानसिक हिंसा भएमा वा कानुनी जटिलता गन्तव्य मुलुकमा उत्पन्न भएमा स्वयं व्यक्ति नै जिम्मेवार हुनेपर्ने विभागले जनाएको छ ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment