राजतन्त्रको माग गर्दै चितवनमा प्रदर्शन
चितवन । राजसंस्था सहित हिन्दु अधिराज्य पुनर्स्थापनाका लागि देशव्यापी रूपमा शृङ्खला बद्ध सडक संघर्षका कार्यक्रम थालिएका छ्न।
वीर गोर्खाली अभियानले चितवनमा पनि राजसंस्था पुनःस्थापनाको माग गर्दै र्याली प्रदर्शन गरेको छ। ‘देश र श्रीपेचको रक्षा’ को लागि भन्दै शनिबार मोटरसाइकल र्र्यालीसहित विशाल प्रदर्शन भएको हो।

राष्ट्रिय झण्डा र पूर्व राजारानी ज्ञानेन्द्र र कोमल शाहको तस्वीर अंकित टिसर्ट लगाएर भरतपुर स्थित पारस बसपार्क बाट चौबिसकोठी, पुल्चोक हुँदै बाइपास रोड, मालपोत चोक बाट पुनः पारस बसपार्कमा पुगेर र्याली कोणसभामा परिणत भएको हो।

र्यालीमा करिब ५ हजार भन्दा बडि मोटरसाइकल सहभागी रहेका आयोजकको दाबी छ । र्यालीपछि पारसबसपार्कमा भएको कोणसभामा बोल्दै वीर गोर्खाली अभियन्ता बसन्तविक्रम पाण्डेले नेपालमा राजसंस्था र हिन्दू राष्ट्र पुनः स्थापना भएरै छाड्ने दाबी गरे।
उक्त कार्यक्रममा अभियन्ताहरु नगेन्द्र देउजा, बिपिन तण्डुकार लगायतले राष्ट्रिय एकता र स्थिरताका लागि राजसंस्था र हिन्दु राष्ट्र पुनः स्थापना आवश्यक रहेको तर्क गर्दै यसका लागि देशव्यापी अभियान सञ्चालन गरिने बताए। कार्यक्रम संचालक सौरभ भण्डारीले अहिलेको नेतृत्व असफल भएको, राष्ट्रियता कमजोर बनेको र भ्रष्टाचारले सीमा नाघेको आरोप लगाउँदै राजसंस्थाको पुनःस्थापनाबाट मात्रै देशले निकास पाउने दलिल पेस गरेका थिए।

विगत देखी राजसंस्था र राष्टियताका लागि आवाज उठाउदै आएका र स्वतन्त्र नागरिक एवं छरिएर रहेका सम्पुर्ण संघ संस्थाहरु लाई एकै ठाउमा संगठित गर्ने काम बिर गोर्खाली अभियानले गरेको श्रोतको दाबी छ।

No ads found for this position


डिसी नेपाल
Facebook Comment