अपाङ्गता भएका व्यक्तिलाई मन्त्री गुरुङद्वारा वीलचियर वितरण

डिसी नेपाल
२० मंसिर २०७७ २१:४४
32
Shares

काठमाडौँ । नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले अब अपाङ्गता भएका व्यक्तिले घरमै बसी विश्वसँग जोड्ने सञ्जाल निर्माण गर्न सकिने बताएका छन्।

अपाङ्ग दिवसको अवसरमा आज वीलचियर वितरण गर्दै मन्त्री गुरुङले डिजिटल नेपाल बनाउने अवधारणअनुरुप अब मुलुक डिजिटल हुने र जसको माध्यमबाट अपाङ्ग व्यक्तिले घरमै बसीबसी विश्वसँग जोडिने बताए ।

अपाङ्गता महासङ्घ, स्थानीय तह तथा सरोकारवाला निकायले डिजिटल प्रविधि प्रयोग गर्नका लागि अपाङ्गता भएका व्यक्तिलाई आवश्यक तालिम तथा अन्य प्राविधिक सहयोग गर्नुपर्ने उनको धारणा थियो ।

सो अवसरमा मन्त्री गुरुङले शारीरिकरूपमा अशक्त २३ महिला र ३५ पुरुषलाई सहाराको रूपमा ह्वीलचियर वितरण गरेका छन् । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *