राजावादी आन्दोलनलाई भारतीय उक्साहट ? के ज्ञानेन्द्रले नेतृत्व गर्लान् सडक आन्दोलन ?

डिसी नेपाल
२३ मंसिर २०७७ ९:५२

काठमाडौं। विगत केही हप्तादेखि नेपालका विभिन्न शहरहरुमा राजसंस्थाको पुनर्वहालीको माग गर्दै प्रदर्शनहरु शुरु भएका छन्। ती प्रदर्शनहरुमा विगतका जुलुस प्रदर्शनहरुमा प्राय नदेखिएका अनुहारहरु धेरै छन् भने फाट्ट फुट्टरुपमा नेपाली कांग्रेस र नेकपा निकटका कार्यकर्ताहरु पनि देखिन थालेका छन्।

सबैभन्दा रोचक त यो आन्दोलनमा भारतीय सत्तापक्षको खुल्लम खुल्ला समर्थन देखिएको छ। र, यसलाई पुष्टि गर्दै भारतीय सत्ता निकटस्थहरु धमाधम सामाजिक सञ्जालहरुमा देखा पर्न थालेका छन्।

भारतीय सत्तारुढ दल बीजेपीसँग निकट ठानिएका र त्यसको हिन्दूबादी मातृ निकाय राष्ट्रिय स्वयं सेवक संघसँग आबद्ध ठानिएका भारतीय सेनाका पूर्व मेजर जनरल जीडी बक्सी विगत केही दिनदेखि ट्वीटरमा नेपालको राजावादी आन्दोलनलाई उत्तेजित बनाउने गरी समर्थन गर्दै आएको देखिएका छन्।

उनले तत्कालीन १२ बुँदे समझदारीका प्रणेताहरु श्यामशरणहरुलाई नाम नलिइकन गालीमात्र गरेका छैनन् तत्कालीन कांग्रेस आईको सरकारले राजीव गान्धीको पत्नी सोनिया गान्धीलाई नेपालमा कुनै बेला अपमान गरेको भन्दै त्यसको रिस नेपालको राजतन्त्रसँग पोखेको आरोप पनि लगाएका छन्।

भारतीय सेना र सत्ताका पहुँच भएको मानिएका यी भारतीय जर्नेलले नेपालको राजावादी आन्दोलनलाई सहयोग गर्ने कुरा गरेको भए पनि उनले कसरी सहयोग गर्ने हुन् भन्ने चाहिँ उल्लेख गरेका छैनन्। तर, नेपालमा मोटर साइकल -याली र अन्य प्रदर्शनहरुमा भएका खर्चको हिसाव यतिबेला भारतको सत्तापक्षसँग सम्बन्धित समूहहरुबाटै व्यहोरिएको बताउन थालिएको छ।

उनले एउटा ट्वीटमा ‘नेपालमा हिन्दू राष्ट्र पुनस्र्थापनाका लागि ठूला ठूला प्रदर्शनहरुभएका छन्, हामीले हाम्रा दाजु भाइ तथा  दिदीबहिनीहरुलाई यसका सहयोग गर्नुपर्छ। माओवादीहरुलाई सहयोग र समर्थन गरेर भएको पापको प्रायाश्चित भारतले गर्नुपर्छ। माओवादीहरुले नेपाललाई बर्वाद पारेका छन्,’ भने लेखका छन्।

भारतीय सेना र सत्ताका पहुँच भएको मानिएका यी भारतीय जर्नेलले नेपालको राजावादी आन्दोलनलाई सहयोग गर्ने कुरा गरेको भए पनि उनले कसरी सहयोग गर्ने हुन् भन्ने चाहिँ उल्लेख गरेका छैनन्। तर, नेपालमा मोटर साइकल र्याली र अन्य प्रदर्शनहरुमा भएका खर्चको हिसाव यतिबेला भारतको सत्तापक्षसँग सम्बन्धित समूहहरुबाटै व्यहोरिएको बताउन थालिएको छ।

पूर्वराजा ज्ञानेन्द्र पुन गद्दीमा फर्केर सत्ता चलाउन तयार रहेको बताए पनि सडक प्रदर्शनहरुमा हुने ठूलो धनराशी खर्च गर्ने पक्षमा नरहेको दरबारनिकट स्रोतका दावी छ। तर, कोरोना माहामारी शुरु हुनुभन्दा ठीकअघि भारतको लामो भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्रलाई भारतीय सत्तासीनहरु, जासुसी निकायहरु र विशेषत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सबै प्रकारको समर्थन जुटाउने आश्वासन दिएको बताइएको छ।

योगी आदित्यनाथ र उनको निकटस्थ व्यक्तिहरुको प्रत्यक्ष सहयोग राजावादीहरुको आन्दोलनमा पुगेको विश्लेषण राष्ट्रिय अनुसन्धान विभागले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइसकेको बताइएको छ। यही तथ्यलाई गम्भीरतापूर्वक लिंदै प्रधानमन्त्री ओलीले आज (मंगलबार) नै सर्बदलीय बैठक बोलाएका छन्।

बैठकमा ओलीले भारतीय उक्साहटमा राजावादीको आन्दोलन संचालन भइरहेको कुरा बताउन सक्लान कि नसक्लान्? जर्नेल जीडी बक्सीले राजीव गान्धी नेपाल गएका बेला उनकी पत्नी सोनिया गान्धीलाई पशुपतिनाथ दर्शन गर्न प्रवेश नदिएको विषयले अपमानबोध गर्दै हिन्दु राजतन्त्रका विरुद्ध सोनियाले षड्यन्त्र गरेको उल्लेख गर्दै ट्वीट गरेका छन्।

त्यसैगरी उनले अर्को ट्वीटमा भारतले नेपालका माओवादीलाई सत्तामा आउन गरेको सहयोग मुर्खतापूर्ण भएको, माओवादीले नेपाल चीनलाई बेचेको आरोप पनि लगाउँदै राजवादी आन्दोलनलाई समर्थन गर्नु पर्ने उल्लेख गरेका छन्। नेपालका राजावादीहरु यो आन्दोलनमा कमल थापाले नेतृत्व गरेको राप्रपाको सहभागिताले रुष्ट छन्।

आन्दोलनले गति लिए कमल थापा नै सम्झौता गर्न अगाडि सर्ने र आफ्ना लागि पदको वार्गेनिङ गरेर आन्दोलनलाई तुहाइदिने उनीहरुको आरोप छ। छिटपुटरुपमा राजावादीहरु कमल थापाले यो आन्दोलनको नेतृत्व गर्नु नहुने कुरा बोल्न पनि थालेका छन्। तर, आन्दोलनको नेतृत्व गर्न को प्रकट हुने त? राजावादीहरुले नेता देखाउन सकेका छैनन्। स्वयं पूर्वराजा ज्ञानेन्द्र अगाडि सर्लान् त भन्ने प्रश्न पनि उत्तिकै छ।

सम्भावना ज्यादै न्यून भए पनि पूर्वराजा सडक आन्दोलनको नेतृत्व गर्न सडक आन्दोलनमा देखा परे विश्वका राजसंस्थाहरुको इतिहासमा यो नौलो घटना भने हुने छ। लोकतन्त्र र गणतन्त्रका निम्ति भएका आन्दोलनहरुलाई भारतीयको बुई चढेर गरिएका आन्दोलनहरु भनेर चर्को आलोचना गर्दै आएका राजावादीहरु यतिबेला भारतीयकै बुई चढ्न तयार हुनुले नेपालको सत्ता भारतले चाहेमात्र पल्टन सक्छ भन्ने कुरा स्थापित गर्न नै उद्यत भएको देखाउँदैन र?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *