बेलायतमा कोरोनाभाइरस भ्याक्सिन दिन सुरु, ९० वर्षकी महिलाले बनाइन् रेकर्ड

डिसी नेपाल
२३ मंसिर २०७७ १४:३०
140
Shares

काठमाडौं। बेलायतमा कोरोनाभाइरस भ्याक्सिन दिन सुरु गरिएकाने छ। बेलायतकी ९० वर्षकी मार्गरेट किननले पहिलो भ्याक्सिन लिएर रेकर्ड बनाएकी छिन्।

उनी कोरोनाको पहिलो पूर्ण विकसित भ्याक्सिन लगाउने पहिलो व्यक्ति बनेकी छिन्। आज लण्डनमा एक अस्पतालमा डाक्टरहरुले उनलाई फाइजर र बायोएनटेकले विकास गरेको भ्याक्सिन दिएका हुन्।

डेलीमेलका अनुसार किननलाई मध्य इङल्याण्डको कोभेन्ट्री अस्पतालमा भ्याक्सिन दिइएको हो। उनलाई स्थानीय समयअनुसार ६ बजेर ३१ मिनेटमा भ्याक्सिन दिइयो । मार्गरेटले एक हप्तापछि ९१ औं जन्मदिन मनाउँदैछिन्।

बेलायतमा आजदेखि भ्याक्सिनेसन सुरु गरिएको हो। यो भ्याक्सिनलाई स्वीकृति दिने बेलायत पहिलो देश बनेको छ। कोरोनाभाइरसका कारण अहिलेसम्म १५ लाखभन्दा धेरैको ज्यान गइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *