बौद्ध धर्मगुरु लामाले अब चलचित्र निर्माण गर्दै
काठमाडौँ। नेपाली चलचित्र उद्योगमा चलचित्र निर्माणलाई बिजनेसको पाटोको रुपमा लिएर हेरिन्छ। त्यस्ता धेरै निर्माता छन् जो यसलाई व्यापारको रुपमा प्रयोग गर्दै आएका छन्।
तर यहि भिडमा धेरेजना यस्ता व्यक्ति पनि छन्, जसले चलचित्र निर्माणलाई व्यापारसँगै समाजसेवाको रुपमा पनि लिएका छन्। दिनानुदिन एक पछि अर्को प्रोडक्सन हाउस खुलिरहेका बेला पछिल्लो समय एक अर्को प्रोडक्सन हाउसको स्थापना भएको छ। नेपालको कला सँस्कृतीलाई विश्वसामु चिनाउने उद्देश्यले ‘बज्रकिल्या प्रोडक्सन प्रा.ली.’ को स्थापना गरिएको छ। आईतबार पत्रकार सम्मेलन गर्दै टिमले प्रोडक्सन हाउसको औपचारिक घोषणा गरेको हो।
कार्यक्रमका विषेश अतिथि तथा हलिउड चलचित्र ‘कालचक्र’का कार्यकारी निर्मातासमेत रहिसकेका जम्पा फूर्वु दोर्जे लामाले प्रोडक्सन हाउसले चलचित्र निर्माण मात्रै गर्ने नभएर यसले वृत्तचित्रलगायतका सामाग्री समेत निर्माण गर्ने जानकारी दिए। विश्व प्रशिद्ध पप गायक माइकल ज्याक्सन र नेल्सन मण्डेलाको परिवारसँग निकट रहेका लामा धर्मगुरु समेत हुन्।
समाजसेवामा आवद्ध रहि बुद्ध पीस अवार्डसमेत पाएका उनले यस प्रोडक्सन हाउसले पछिल्लो समय हराउँदै गएको कला संस्किृतलाई विश्वसामु चिनाउने उद्देश्य राखेको उल्लेख गरे। उनले देश बिदेशबाट अन्तर्राष्ट्रिय कलाकार भित्र्याएर च्यारिटी गर्ने र च्यारिटीबाट आएको पैसा शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने जानकारी दिए।
यसै प्रोडक्सन हाउसले अब केहि सातापछि धर्म गुरु लामाको जीवनीमा आधारित ‘हिमाली लामा’ नामक वृत्त चित्र निर्माण गर्ने उद्घोष गरेको छ। धर्मगुरु लामा र तेन्जिङ भोटियाले निर्माण गरेको प्रोडक्सन हाउसमा १ करोड लगानी गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment