सुपर प्लस साइज मोडल नेपाल-२०२१ आयोजना हुँदै

डिसी नेपाल
२४ मंसिर २०७७ १२:५७
72
Shares

काठमाडौँ। धेरै युवतीहरु शरीरको मोटोपना बढ्दा चिन्तित हुन्छन्। तर, यही मोटोपनाले कहिलेकाहीँ अवसरको ढोका पनि खोलिदिन्छ। यस्तै एउटा एउटा अवसर हो, ‘सुपर प्लस साइज मोडल नेपाल।’

सामान्यभन्दा मोटा युवतीहरुलाई लक्षित गर्दै यो सौन्दर्य प्रतियोगिता आयोजना हुने गरेको छ। मोडल सङ्स नेपालको आयोजनामा यस प्रतियोगिताको दुई संस्करण नेपालमा सम्पन्न भइसकेका छन्।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण स्थगित भएको प्रतियोगिताको तेश्रो संस्करण ‘सुपर प्लस साइज मोडल नेपाल,२०२१’ आयोजना हुँदैछ।

प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित युवती र महिलाहरुले भाग लिन सक्नेछन्। ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रुपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान तोकिएको छ।

काठमाडौँको बागबजारस्थित द बर्गर हाउसमा जनवरी ९ मा अडिसन हुने आयोजक संस्था मोडल सङ्स नेपालका प्रमुख डेबिल सिंह राजपुतले बताए। अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीहरुलाई करिव एक महिना लामो विशेष प्रशिक्षण दिइने छ। नेपालका ख्यातिप्राप्त कोरियोग्राफर रोजिन शाक्यबाट मोडलिङसम्बन्धी ज्ञान तथा प्रशिक्षण दिइने आयोजकले जनाएको छ।

यसै संस्थाले नेपालमै पहिलोपटक मोटोपना भएका युवाहरुका लागि सुपर प्लस साइज मोडल आयोजना गर्दै आएको छ । आयोजक राजपुतका भन्छन् ‘प्लस साइज (मोटोपना) का कारण हिनतावोध भएका युवतीहरुलाई प्रोत्साहन गर्ने तथा उनीहरुको क्षमतालाइ अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यो प्रतियोगिताको आयोजना गर्न लागिएको हो।’

प्रतियोगिताका विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘वर्ल्ड टप प्लस साइज, २०२१’ मा सहभागिता जनाउन पाउने पनि उनले जानकारी दिए ।

उत्कृष्ट तीन रनरअपले विभिन्न गिफ्ट ह्याम्परहरुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बिभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने अवसर प्राप्त गर्ने पनि आयोजक संस्थाले जानकारी दिएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक प्रतिस्पर्धीहरुको निम्ति अडिसन फाराम वितरण कार्य मोडल सङ्ग्स नेपालको कार्यालयबाट मंसिर २१ गतेबाट प्रारम्भ भएको राजपुतले जनाए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *