क्वारेन्टाइन कोठाबाट ८ सेकेण्ड बाहिर निस्किँदा ४ लाख जरिवाना !

डिसी नेपाल
२४ मंसिर २०७७ १५:०९
156
Shares

काठमाडौं। कोरोनाभाइरस संक्रमण फैलिन नदिन संक्रमित र संक्रमित भएको हुन सक्ने मानिएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने नियम बनाइएको भए पनि क्वारेन्टाइनको नियम पूर्ण रुपमा पालना नगरेका घटना धेरै भेटिएका छन् । नियम उल्लंघन गर्नेहरुमाथि कारवाही पनि भएका छन् । नियम उल्लंघन गरेका केहीलाई भने सम्झाइबुझाइ गरेर पनि पठाइएको छ । तर, ताइवानले भने क्वारेन्टाइनको नियम अत्यन्तै कडा बनाएको छ र त्यस्तै कडाइका साथ लागू गरेको छ ।

हालै एक व्यक्तिले ताइवानमा केवल ८ सेकेण्डको लागि क्वारेन्टाइनबाट बाहिर निस्किँदा ४ लाख रुपैयाँ जरिवाना तिर्नुपरेको छ । मूल रुपले फिलिपिन्सका ती नागरिकलाई ताइवानको गाउशुंग शहरको एक होटलमा क्वारेन्टाइनमा राखिएको थियो । ताइवानको सेन्ट्रल न्यूज एजेन्सीलाई उद्धृत गर्दै सीएनएनले लेखेअनुसार क्वारेन्टाइनमा बस्ने क्रममा ती व्यक्ति केही सेकेण्डका लागि आफ्नो कोठाबाट निस्केर हलमा गएका थिए ।

उनी कोठाबाट निस्किएर हलमा आएको घटना सीसीटिभीमा रेकर्ड भयो । त्यसपछि होटल स्टाफले स्वास्थ्य विभागलाई यसबारे जानकारी दिए । विभागले ती व्यक्तिमाथि ४ लाख रुपैयाँ जरिवाना लगाएको हो । ताइवानमा क्वारेन्टाइनमा बसेका व्यक्ति कोठाबाट बाहिर निस्किन पाइँदैन । गुआशुंग शहरमा ५६ क्वारेन्टाइन होटलमा ३ हजार क्वारेन्टाइन कोठा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.