१ सय ४४ तलाको बिल्डिङ १० सेकेण्डमा ध्वस्त !

डिसी नेपाल
२४ मंसिर २०७७ १७:१५
4.0k
Shares

काठमाडौं। कुनै पनि बिल्डिङ बनाउन निकै समय लाग्छ तर त्यो भवन भत्काउन निकै कम समय लाग्छ । १ सय ४४ तलाको एक बिल्डिङमा यस्तै भएको छ । १ सय ४४ तलाको यो विशाल बिल्डिङ मात्रै १० सेकेण्डको समयमा ध्वस्त भएको छ । यससँगै यो एउटा नयाँ विश्वरेकर्डको रुपमा दर्ता भएको छ । युएइको अबु धाबीमा रहेको यो विशाल बिल्डिङलाई भत्काइएको हो ।

मीना प्लाजाको १ सय ४४ तला अग्लो टावर भत्काएपछि यसको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा दर्ता भएको छ । यसअघि यति अग्लो बिल्डिङ कहिल्यै भत्काइएको थिएन । १ सय ६५ मिटर अग्लो यो बिल्डिङलाई नियन्त्रित डायनामाइट विष्फोट गरेर ध्वस्त पारिएको हो । यो बिल्डिङ भत्काउनको लागि ९१५ किलो विष्फोटकलाई ३ हजारभन्दा धेरै डेटोनेटरको माध्यमले बिल्डिङका विभिन्न स्थानमा एकैपटक विष्फोट गराइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.