इयूसँग कुनैपनि व्यापारिक सम्झौता हुन सक्ने सम्भावना न्यून : बेलायत

डिसी नेपाल
२६ मंसिर २०७७ १४:१०
64
Shares

काठमाडौं। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यूरोपेली संघ (इयू)सँग कुनैपनि व्यापारिक सम्झौता नहुनसक्ने बताएका छन्।

बेलायत इयुबाट बाहिरिइसकेकोले डिसेम्बर ३१ देखि बेलायतले इयू व्यापार नियमको पालना नगर्ने भएको हो। यसलाई निरन्तरता दिन नयाँ सम्झौता हुने सम्भावना निकै कम रहेको बताउँदै प्रधानमन्त्री जोन्सनले इयूका सदस्य मुलुकसँग कुराकानी जारी रहने, तर अब आर्थिक कारोबारको सम्भावना न्यून रहेकाले यसबाट निस्कने नतिजाका लागि बेलायती जनता तयार रहनुपर्ने बताएका छन्।

अपेक्षित नयाँ व्यापार सम्झौता र सम्बन्धबारे बेल्जियमको ब्रसेल्समा बेलायती प्रधानमन्त्री र युरोपेली संघकी प्रमुख उर्सुला वन बातचितमा जुटेका थिए। तर, बैठकमा कुनै नतिजा निस्किएको बीबीसीले उल्लेख गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *