मलेशियामा एक नेपालीको कोरोना संक्रमणबाट मृत्यु
क्वाललम्पुर। मलेशिया रोजगारीमा गएका एक नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। मलेशियाको सेलेङ्गरस्थित टप ग्लोभ कम्पनीमा सेक्युरिटी गार्डको काम गर्दै आएका नवलपरासीका यामनारायण चौधरीको निधन भएको हो।
चौधरी विगत ३२ महिनादेखि सो कम्पनीमा काम गर्दै आएको उनीसँगै रहेका साथीले बताएका छन्।
केहीदिनदेखि रुघा खोकीको समस्यामा रहेका उनलाई २१ नोभेम्बरमा बेहोस भएपछि अस्पताल लगिएको थियो। उनको अस्पतालमा उपचारकै क्रममा शनिबार मृत्यु भएको हो।
मलेशियामा पछिल्लो समय कोरोनाका कारण धेरै श्रमिकहरु पीडित भएका छन्। सो टप ग्लोभ कम्पनीमा कार्यरत २५ सयभन्दा धेरै श्रमिक कोरोना संक्रमित भएपछि मलेशिया सरकारले सो कम्पनीका अधिकांश फ्याक्ट्री सिल गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment