पूर्वपत्नीले बारम्बार गाली बेइज्जती गरेको भन्दै कानुनी उपचार गर्ने मनोज गजुरेलको चेतावनी
काठमाडौं। हास्यकलाकार मनोज गजुरेलले पूर्वपत्नीले बारम्बार गाली बेइज्जती गरेको भन्दै कानुनी उपचार गर्ने चेतावनी दिएका छन्।
उनले केही दिन अगाडि दोस्रो विवाह गर्न लागेको खुलासा गरेका थिए। उनको उक्त खुलासालाई लिएर सामाजिक संजालमा बिभिन्न टिप्पणी समेत भइरहेका छन्। त्यसैका आधारमा उनकी पूर्वपत्नी मिना ढकालले पनि केहिदिनदेखि टिप्पणी गर्दै आएकी थिइन्।
सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गजुरेलले त्यसतर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
सकिएको सम्बन्धको आधारहीन आरोप र प्रत्यारोपले छोराछोरीलाई धेरै ठूलो असर गर्न थालेको भन्दै गजुरेलले आफ्नो चरित्रमाथि खेलवाड भएको आरोप लगाएका छन्।
‘‘सहनुको सिमा कटेपछि कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगोमा पुगेकोछु’, उनले लेखेका छन्।
उनकी छोरी डिभोर्सको ८ महिनामै आमासँग बस्न नरुचाएर घर फिर्ता आएको कुरा पनि गजुरेलले पहिलो पटक सार्वजानिक गरेका छन्।
प्रिय साथी, शुभचिन्तक तथा दाजुभाइ दिदी बहिनीहरु ! सामाजिक सन्जालमा मेरो बारेमा आएका अन्टसन्ट टीका टिप्पणीलाई लिएर मेरो…
Posted by Manoj Gajurel on Monday, December 14, 2020
No ads found for this position

डिसी नेपाल
Facebook Comment