प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक बिक्री कक्षको उद्घाटन

डिसी नेपाल
३० मंसिर २०७७ ६:४७
60
Shares

काठमाडौँ। नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक तथा पत्रपत्रिकाहरूको बिक्री वितरणका लागि नयाँ विक्री कक्षको स्थापना गरिएको छ।

प्रतिष्ठानले प्रकाशन गरेका पुस्तकहरूको अधिकृत विक्रेताको जिम्मा पाएको मकालु प्रकाशन गृहले कमलादीस्थित प्रतिष्ठान परिसरमै स्तरीय विक्री कक्ष सञ्चालनमा ल्याएको हो।

उक्त विक्री कक्षको सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उद्घाटन गरे। प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकहरूलाई सातै प्रदेशमा बिक्री वितरणको व्यवस्था मिलाउनका लागि प्रतिष्ठानले अधिकृत विक्रेता हुन चाहने प्रकाशक तथा वितरकबाट बोलपत्र आह्वान गरेकोमा मकालु प्रकाशन गृह छनोट भएको थियो।

आफ्ना स्थानीय बिक्रेतामार्पmत प्रतिष्ठानद्वारा प्रकाशित कृतिलाई सातै प्रदेशमा बिक्री वितरणको व्यवस्था मिलाइएको मकालु प्रकाशन गृहले जनाएको छ।

सङ्घीय राजधानी रहेको काठमाडौँमा पाठक सङ्ख्या पनि धेरै हुने भएकाले पाठकको सुविधालाई ध्यानमा राखी उक्त बिक्री कक्ष सञ्चालनमा ल्याइएको प्रकाशन गृहका कार्यकारी निर्देशक वासुदेव ढकालले जानकारी दिए।

उनका अनुसार बिक्री कक्षमा मकालु प्रकाशन गृह र सोपानद्वारा प्रकाशित पुस्तकका अतिरिक्त चल्तीमा रहेका विभिन्न स्वदेशी तथा विदेशी गरी करिब तीन हजार शीर्षकका पुस्तक बिक्रीका लागि राखिएका छन्।

बालसाहित्य सम्बन्धी पुस्तक पढ्न बालबालिकाका लागि छुट्टै डेस्कको व्यवस्था गरिएको र खुला ठाउँमा बसेर पुस्तक छनोट गर्न सकिने अवसर पाठकलाई रहेको तथा यहाँ पाइने पुस्तक विश्वको जुनसुकै कुनाबाट पनि मगाउन सकिने प्रकाशन गृहले जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *