विभागद्वारा प्याराडाईस इन्टरनेशनलमा छापा, ६२ थान पासपोर्टसहित अन्य कागजात नियन्त्रणमा
काठमाडौं। वैदेशिक रोजगार विभागले विदेश पठाइदिन्छु भन्दै अवैध रुपमा अन्र्तवार्ता लिइरहेको अवस्थामा प्याराडाईस इन्टरनेशनलमा छापा मारेको छ।
मंगलबार दिउसो १२ बजे विभागले अनुमति नलिई अन्तर्वार्ता लागि फर्म जम्मा भइरहेको अवस्थामा म्यानपावरमा छापा मारेको हो।

पूर्व स्वीकृति नलिई अन्तर्वार्ता लिएको पाइएपछि छापा हानिएको विभागका अनुसन्धान अधिकृत कुशल बरालले बताए। विभागले हिमाल जनरल हस्पिटलका क्लिनरले गरेको उजुरीको आधारमा छापा मारेको थियो।

विभागले उक्त म्यानपावरबाट ६२ थान पासपोर्ट, २ वटा सिपियू र विभिन्न कागाजत समेत नियन्त्रणमा लिएको छ।
विभागले उक्त म्यानपावरका अध्यक्षलाई २४ घन्टाभित्र विभागमा बयान दिनका लागि उपिस्थित हुन निर्देशन दिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment