संवैधानिक परिषद्को बैठक शुरु, देउवा र सापकोटा अनुपस्थित

डिसी नेपाल
३० मंसिर २०७७ १८:०३
128
Shares

काठमाडौं। बहुचर्चित संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ। पाँच बजेका लागि बोलाइएको बैठक केही ढिला गरेर पौने ६ मा शुरु भएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले बैठक जारी रहेको जानकारी दिए।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रिय सभाका अध्यक्ष गाणेश तिमिल्सेनामात्र उपस्थित छन्। सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा बैठकमा गएनन्।

मंगलबार बिहानका लागि बोलाइएको बैठकमा सभामुख सापकोटा अनुपस्थित भएपछि सरकारले अध्यादेशमार्फत कानून संशोधन गरेर ६ सदस्यीय संवैधानिक परिषद्को बैठक अध्यक्षसहित ३ जना उपस्थित भए बस्न सक्ने व्यवस्था गरेको थियो।

अध्यादेशमार्फत बाटो खुला गरेपछि बैठक बसेको हो। यो बैठकले विभिन्न संवैधानिक अंगमा रिक्त रहेका ४५ जना पदाधिकारी नियुक्तिको सिफारिस गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *