यौनकर्मीको शोषण गर्ने व्यवसायीलाई कम्तीमा ८३ लाख क्षतिपूर्ति तिर्न आदेश
काठमाडौं। यौनकर्मीको शोषण गर्ने एक व्यवसायीलाई मानव अधिकार आयोगले कम्तीमा ८३ लाख रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ । न्यूजिल्याण्डमा ती व्यवसायी विरुद्ध यौनकर्मीले यौन हिंसाको उजुरी गरेकी थिइन् । मुद्दाको सुनुवाइको क्रममा त्यहाँको मानवअधिकार आयोगले ती व्यवसायीलाई क्षतिपूर्तिस्वरुप ६ अंकको धनराशी तिर्न आदेश दिएको हो । ६ अंकको धन कम्तीमा पनि एक लाख न्यूजिल्याण्ड डलर हुन्छ ।
स्टफका अनुसार मानव अधिकार आयोगका निर्देशक माइकल टिम्मिंसले यो भुक्तानी एक जरुरी चेतावनी भएको र यसले कुनै पनि श्रमिक चाहे उसले जुनसुकै क्षेत्रमा काम गरोस् कार्यस्थलमा उसको यौन उत्पीडन हुनु हुँदैन भन्ने कुरा याद दिलाउने बताए । उनले यो चेतावनीले श्रमिक शोषणविरुद्ध आवाज उठाउन सक्छन् भन्ने पनि याद दिलाउने बताए ।
माइकल टिम्मिंसले भने ‘हामी सबै व्यवसाय मालिकहरु र उनका कर्मचारीहरुलाई यो सुनिश्चित गर्न प्रोत्साहित गर्छौं कि उनीहरु यौनकर्मीको अधिकारहरु बुझुन् र उनीहरुको सम्मान गरुन् ।’ आयोगले यो भुक्तानीको उद्देश्य महिलालाई आर्थिक र भावनात्मक रुपबाट भएको क्षतिको भरपाइ गर्नु भएको बताए । आयोगले यी महिलाको पहिचानसहित सबै विवरण गोप्य राखेको छ ।
यो मुद्दा यौनकर्मीहरुको मानवअधिकार अधिनियम अन्तर्गत दर्ता गरिएको थियो । मानवअधिकार ट्रिब्युनलले भनेको छ ‘सबै कुरा यसमा निर्भर गर्दछ कि के कुरा कुन सन्दर्भमा गरिएको छ । एक वेश्यालयमा पनि अनुचित र अपमानजनक भाषाको प्रयोग गर्न पाइँदैन ।’ ट्रिब्युनलले अगाडि भनेको छ ‘यदि एक वेश्यालयमा गलत यौन व्यवहार वा भाषालाई अप्रिय वा अपमानजनक मानिएन भने अधिनियम अनुसार यौनकर्मी आफ्ना अधिकारबाट बञ्चित रहनेछन् ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment