अचानक बाँदरको मृत्यु भएपछि गाउँनै शोकमा डुब्यो, हिन्दु परम्परा अनुसार गरियो अन्त्येष्टी

डिसी नेपाल
१ पुष २०७७ २३:५२
5.4k
Shares

काठमाडौं (एजेन्सी)। गाउँमा कुनै मानिसको मृत्यु भएमा गाउँ नै शोकमग्न हुनु सामान्य हो। तर, एक जंगली जनावरको मृत्युमा गाउँ नै शोकमग्न। सुन्दा अलि अनौठो लाग्छ यो घटना। तर, घटना सत्य हो। भारतीय सञ्चार माध्यमका अनुसार भारको मध्य प्रदेश राज्यको राजगढ जिल्लामा एक जंगली जनावरको मृत्युमा पूरै गाउँ रोएको छ।

समाचारअनुसार एक बाँदरको अचनाक मृत्यु भएपछि गाउँ नै शोकमा डुब्यो। गाउँलेहरुले भेला भएर सो बाँदरलाई आशुसहित अन्ति बिदाई दिएका छन्। बाँदरको शव यात्रा पनि निकालियो। र हिन्दु परम्पराअनुसार उसको अन्त्येष्टी पनि गरियो।

समाचार अनुसार बाँदरको अन्तिम यात्रामा ठूलो संख्यामा पुरुष र महिलाहरु सहभागी भए। सबै मलामीहरु निकै दुखित देखिन्थे। समाचार अनुसार सो बाँदर गाउँका सबै घरघरमा पुग्ने गथ्र्यो। यसरी घरघर पुग्ने बाँदरसँग मानिसहरुको भावनात्मक सम्बन्ध कायम भएको थियो।

मानिसहरु उसलाई आफ्नै परिवारको सदस्य जस्तै मान्थे। अचानक उसको मृत्यु भएपछि मानिसहरु दुःखी बनेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *