बीबीसी मास्टरसेफ प्रोफेसनल्सको फाइनल आज, के नेपाली सन्तोषले जित्लान् उपाधि ?
काठमाडौं। बीबीसी मास्टरसेफ प्रोफेसनल्सको फाइनलमा पुगेका नेपाली सेफ सन्तोष साहले यो आफ्नो लागि ठूलो सपना पूरा भएजस्तो लागेको बताएका छन् । यो टेलिभिजन रियालिटी शोको फाइनल आज हुँदैछ । आज स्थानीय समयअनुसार बेलुकी ९ बजे (नेपाली समयअनुसार राती पौने ३ बजे) बीबीसी वनमा फाइनल कार्यक्रम प्रसारण हुनेछ ।
साहले यो शोमा विशेष किसिमका नेपाली परिकारहरु बनाएर जजहरुलाई प्रभावित पारेका थिए । फाइनलमा नेपाली सन्तोष साहसँगै एसेक्सका एलेक्स र मिडलसेक्सका विल बार्टले प्रतिस्पर्धा गर्दैछन् । फाइनलमा उनीहरुलाई स्टार्टर, मेन डिस र डेसर्ट खाना तयार गर्नको लागि ३ घण्टा १५ मिनेटको समय दिइनेछ । यो समयमा उनीहरुले खानाको पूरा सेट तयार पार्नुपर्नेछ । त्यो खाना जजहरुले चाखेपछि विजेताको घोषणा गर्नेछन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment