साउदीमा सबै प्रकारका आवागमन एक हप्ताका लागि बन्द

डिसी नेपाल
७ पुष २०७७ १३:५५
88
Shares

काठमाडौं । साउदी अरबमा एक हप्ताका लागि अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्गबाट हुने आवागमन बन्द गरिएको छ। साउदी सरकारले कोभिड–१९ संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै सोमबारबाट लागू हुने गरी एक हप्ताका लागि हवाई, समुद्री बाटो तथा स्थलमार्ग भएर साउदी अरेबिया प्रवेश गर्न रोक लगाएको हो।

साउदीले आफ्ना नागरिकहरुको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न सावधानी स्वरुप उक्त कदम चालिएको जनाउँदै आवश्यक परेमा उडान स्थगनको अवधि लम्बिन सक्ने जनाएको छ।

त्यस्तै अर्को सूचना जारी नभएसम्मको लागि ५० जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन प्रतिबन्ध लगाएको छ। नियम उल्लङ्घन गर्नेहरुलाई साउदी रियाल १५ हजारसम्म जरिबाना हुने जनाएको छ।

रियादस्थित नेपाली दूतावासले सूचना जारी गरी स्वास्थ्यसम्बन्धी सावधानीका सूचनाहरु पूर्ण पालना गर्न त्यहाँ रहेका नेपालीलाई आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *