इजरायलमा पनि नेपालकै जस्तो हालत, संसद विघटन, ९० दिनपछि निर्वाचन
काठमाडौं। सत्ताधारी गठबन्धनभित्र कुरा नमिलेपछि इजरायलमा पनि नेपालकै स्थिति दोहोरिएको छ । नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको ठिक पर्सिपल्ट इजरायलमा पनि प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सरकार ढलेको छ । त्यहाँको संसद नेसेटले बजेट पारित गर्ने निर्धारित समयसीमाभित्र सहमति कायम गर्न नसकेपछि त्यहाँको संसद स्वचालित रुपमा भंग भएको छ ।
टाइम्स अफ इजरायलका अनुसार अब इजरायलमा ठिक ९० दिनपछि मार्च २३ को लागि निर्वाचन घोषणा गरिएको छ । यो २ वर्षको अवधिमा इजरायलमा हुन लागेको लगातार चौथो निर्वाचन हो । इजरायलको संसदमा बजेटका विषयमा मंगलबार कुनै सहमति हुन सकेन । बेन्जामिन नेतन्याहू सरकारको गठबन्धनका २ प्रमुख पार्टीहरुबीच सहमति हुन नसकेपछि अब फेरि चुनावको स्थिति आएको हो । इजरायलमा ७ महिना पहिले बनेको गठबन्धन सरकार ढल्नुमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र सहयोगी ब्लु एण्ड ह्वाइट पार्टीका नेता तथा गृहमन्त्री बेनी गेंट्जले एक अर्कालाई दोष दिएका छन् ।
बेन्जामिन नेतन्याहूले ब्यू एण्ड ह्वाइट पार्टी सम्झौताबाट पछि हटेको आरोप लगाएका छन् । नेतन्याहूले आफूहरुले चुनाव नचाहेको र यसको विरुद्ध मतदान गरेको बताउँदै चुनावसँग नडराउने बताए । उनले आफूहरुले जित्ने विश्वास व्यक्त गरे । गेंट्जले भने नेतन्याहूमाथि लागेका भ्रष्टाचारका आरोपबारे उल्लेख गर्दै उनीमाथि पूरै धेशलाई अनिश्चिततातर्फ धकेलेको आरोप लगाए । इजरायलमा पनि नेतन्याहू र गेंट्जबीच आलोपालो प्रधानमन्त्री भएर सरकार चलाउने सहमति भएको नियो ।







डिसी नेपाल








Facebook Comment