विभागद्वारा म्यानपावर कम्पनीहरुलाई विवरण सूचना प्रणालीमा अध्यावधिक गर्न निर्देशन
काठमाडौं। वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरुलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा आफ्नो विवरण अध्यावधिक गर्न निर्देशन दिएको छ।
सूचना व्यवस्थापन प्रणालीमा सञ्चालकहरु तथा कम्पनीमा कार्यरत कर्मचारीहरुको विवरण यहि पुस २० गतेभित्र अध्यावधिक गर्न निर्देशन दिएको हो।
विभागले तोकिएको समयभित्र सूचना व्यवस्थापन प्रणालीमा विवरण अध्यावधिक नगर्ने ईजाजतवाला संस्थालाई निस्कृय गराई उनीहरुको कारोवार रोकी वैदेशिक रोजगार ऐन तथा वैदेशिक रोजगार नियमावलीको व्यवस्था अनुसार कारवाही गर्नेसमेत चेतावनी दिएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment