म्यानपावर कम्पनीमा वैदेशिक रोजगार विभागको स्टिंग अप्रेशन

डिसी नेपाल
८ पुष २०७७ १६:५२
60
Shares

काठमाडौं। वैदेशिक रोजगार विभागले काठमाडौंस्थित धुम्बाराहीमा रहेको मनास्लु इन्टरनेशनल सर्भिसेस प्रा.लि.मा छापा मारेको छ। विभागको अनुगमन तथा अभिमुखीकरण शाखाका शाखा अधिकृत कुशल बरालका अनुसार साउदी अरब पठाउने भन्दै दुई जनाबाट बढी शुल्क मागेको सूचनाको आधारमा उक्त म्यानपावर कम्पनीमा मंगलबार साँझ साढे ५ बजे छापा मारिएको हो।

अनुगमन शाखाका बरालका अनुसार म्यानपावर कम्पनीले साउदी पठाउनका लागि कन्चनपुरका डम्बरबहादुर कार्की र सैलेन्द्र सिंहसँग एक लाखका दरले दुई लाख मागेको थियो। साउदी अरबको हेल्दी फुड्स कम्पनीमा जान लागेका उनीहरु कम्पनीले दुई लाख मागेको दुखेसो पोख्न विभाग गएका थिए।

सोही आधारमा विभागले उनीहरुले बुझाउने रकमको फोटोकपी राखेर मेनपावर पठाएको थियो। अनुगमन शाखाका बरालले म्यानपावरका अप्रेशन म्यानेजर तिर्थराज ओझाले उक्त दुई लाख रुपैयाँ बुझिसकेको अवस्थामा छापा मारेको बताए। उनले म्यानपावरले घर्रामा राखेको सोही रकम बरामद गरी मुचुल्का तयार गरी लिएर आएको जानकारी गराए।

शाखा अधिकृत बरालले उक्त ठगी रकम रंगे हात फेला पारेपछि मेनपावर संचालक राममणि दाहाललगायत मेनपावरका व्यक्तिहरु विभागमा उपस्थित भएको र विभागले बोलाएको खण्डमा जुनसुकै अवस्थामा उपस्थित हुन तयार रहेको जानकारी गराएको बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *