अबदेखि मलेसियामा आप्रवासी श्रमिकको कोरोना परिक्षण रोजगारदाताले नै गरिदिनु पर्ने

डिसी नेपाल
१० पुष २०७७ १२:१०
176
Shares

काठमाडौं। मलेसियामा आप्रवासी श्रमिकहरुको कोरोना भाइरस ९कोभिड–१९० परीक्षण रोजगारदाता स्वयम्ले अनिवार्य रुपमा गरिदिनु पर्ने नयाँ नियम लागू भएको छ।

मलेसिया सरकारले सो व्यवस्था आउँदो जनवरी १ गतेदेखि लागू हुने गरी रोजगारदाताहरुले मलेसियामा कार्यरत आप्रवासी श्रमिकको कोरोना परीक्षण गराउनुपर्ने व्यवस्था घोषणा गरेको हो।

यो व्यवस्था लागू भएसँगै रोजगारका क्रममा मलेसियामा रहेका नेपाली श्रमिकहरु पनि लाभान्वित हुने भएका छन्। मलेसियाका एक वरिष्ठ मन्त्री ईस्माईल आब्री याकोबले विदेशी कामदारको कोभिड–१९ परीक्षण नगराउने रोजगारदातालाई कारवाही हुनेसमेत बताएका छन्।

यसअघि पनि मलेसिया सरकारले सबै श्रमिकहरुको कोरोना परीक्षण रोजगारदाताले गर्नुपर्ने उल्लेख गरेको थियो। तर रोजगारदाताले आनाकानी गरेपछि यसलाई थप कडाइ गर्न लागिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *