कश्मीरमा फेक इन्काउन्टरमा तीनजना मारेको भारतीय सेनाद्वारा स्वीकार
नयाँ दिल्ली (एजेन्सी)। ६ महिना अघि भारत प्रशासित जम्मू कश्मीरको शोपियाँमा भएको एक इन्काउन्टर फेक भएको भारतीय सेनाले स्वीकार गरेको छ। सो फेक इन्काउन्टरमा कश्मीरको रजौरी जिल्लाका तीनजना युवाहरु मारिएक थिए।
सेनाले त्यतिबेला इन्काउन्टरमा शंकास्पद आतंकवादी मारिएको दावी गरेको थियो। तर, मारिनेहरु रजौरीका युवा भएको भन्दै सामाजिक सञ्जालमा बहस भएपछि यो घटनाबारे सेनाले अनुसन्धान गरेको थियो।
अनुसन्धानमा सेनाले त्यहाँ गल्ती गरेको भेटिएपछि गाडिसकेका शवलाई परिवारको जिम्मा लगाइएको थियो। सेना अब छानविन पूरा भएको र दोषीमाथि कारबाहीका लागि सिफारिश गरिएको बताएको छ।
जम्मू कश्मीर संसारकै सबैभन्दा धेरै सैन्यकरण भएको क्षेत्र हो। त्यहाँ दिनहुँ मानिसहरु सेनासँगको मुठभेडमा मारिने गर्छन्। सेनाले मारिनेहरु आतंकवादी भएको बताउने गर्छ। तर, सबै मारिनेहरु आतंवादी नरहेको भन्ने यो पटक सेनाको आफ्नै आन्तरिक छानविनबाट पुष्टि भएको छ।
शोपियाँमा मारिनेहरु रजौरी जिल्लाबाट मजदुरी गर्न त्यहाँ गएका थिए। उनी एक भाडाको घरमा बस्थे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment