आमा (कविता)

डिसी नेपाल
११ पुष २०७७ ८:२५
120
Shares

हे आमा अविच्छिन्न, प्रेम ममता तिम्रा सुरा पाखुरा,
खाली पेट हुँदापनि यस घडी, कोही छैन तिम्रानिर।

एघारै हुन मात्र केही दिनले बाँकी थियो आखिर,
यो कर्म पनि कस्तो करले, आयौ नि पोईका घर।।

झाडी, जङ्गल र गुराँस फूलको बाटो थियो अक्कर,
तिम्रा पाऊ दुबै हुन गए बिदा आँशु झरे बर्बर।

आँशुका जलमगन थिए ती गहमा बाढीसरहै भयो,
यौटा सिन्दुरको पवित्र कणले मातृभूमि गै गयो।।

छोडे काख र साथ करले, आँशु थिए दिलमा,
छोरी भैकन यो मनुश्य जुनीले माईती र घरमा बीचमा।

आमा भाइ अनि दिदी र बहिनी रुन्छन् ती वरिपरी,
दाउरा, घाँस गरेर पात टपरी, सेवा छ दिनकै भरी।।

ती गाउँघरका चरी र भमरा फूलको छ तिनको घर,
चेली भैकन है पसेँ यो घरमा जानु छ टाढै पर।

आखिर एकदिन आउँछन् ती बटुवा हुन्छु म तिम्रो बर,
गर्छु रोई कराई आत्मबलले आखिर के लाग्छ र।।

हे आमा तिमी मात्र एक घरमा, मेरो सहारा थियौ,
दुःखै कष्ट गरेर साथीसहमा सम्पूर्ण शिक्षा दियौ।

भुल्ने छैन कदापी यो गुन कसै गन्ती कतिले गरौँ,
आखिर कृष्ण रहेछ यो जगमा, अन्तिम शरणमा परौँ।।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *