कश्मीर चुनावका क्रममा भारतद्वारा ७५ जना नेता तथा अभियन्ता गिरफ्तार
नयाँ दिल्ली (एजेन्सी)। भारत प्रशासित जम्मू कश्मीरमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनका क्रममा केन्द्र सरकारले कम्तिमा ७५ जना नेता तथा कार्यकर्ता गिरफ्तार गरेको खुलासा भएको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम अल जजिराका अनुसार चुनाव परिणाम आएसँगै ती नेता तथा अभियन्तालाई गिरफ्तार गरिएको हो।
स्थानीय तहको चुनावमा विपक्षी लदहरुको गठबन्धन गुपकार खठबन्धनले जित हात पारेको थियो।
केन्द्रीय सत्तारुढ दल भाजपाले हार व्यहोरेको थियो। चुनाव परिणामपछि जम्मू कश्मीरका दलहरुले गत वर्ष मोदी सरकारले जम्मू कश्मीरको विशेष दर्जा समाप्ता गरेकोमा यो स्थानीय तहको चुनावले त्यसलाई अस्वीकार गरिदिएको बताएका थिए।
विपक्षी दलहरुले यो चुनाव धारा ३७० खारेजविरुद्धको जनमत संग्रह भएको बताएका थिए। र चुनावमा विपक्षीले जित हात पारेका थिए।
मोदी सरकारले गत वर्ष ३७० खारेज गर्दा जम्मू कश्मीरका मुख्य नेताहरुलाई नजरबन्दमा राखेको थियो भने मधय तहका नेताहरुलाई गिरफ्तार नै गरेको थियो। एक वर्षसम्म नेताहरु नजरबन्दमा थिए।
स्थानीय तहको चुनाव हुनु ठिक अगाडिमात्र नजरबन्दमा राखिएका नेताहरुको रिहाई गरिएको थियो। तर, पनि स्थानीय तहको निर्वाचनमा विपक्षी दलहरुले जित हात पारेका छन्। यो चुनावी नतिजा मोदी सरकारका लागि एक झट्का थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment