मेयरकप ब्याडमिन्टनमा मेयर नै प्रथम

डिसी नेपाल
१२ पुष २०७७ २०:४९
48
Shares

धादिङ । जिल्लामा पहिलो पटक सञ्चालन गरिएको मेयरकप ब्याडमिन्टन प्रतियोगिता सकिएको छ । आठ विधामा सञ्चालित प्रतियोगितामा २० समूह र १२ व्यक्ति पुरस्कृत भएका छन् ।

पुरस्कृत समूहमा नीलकण्ठ नगरपालिका पुरुष युगलमा टेक गुरुङ र ईश्वर थापा मगर तथा पालिका युगलतर्फ तिनेश तिमल्सिना र रमेश कोइराला प्रथम भएका छन् । पैँतालीस वर्षमाथिको भेट्रान्समा गणेशकुमार श्रेष्ठ र कृष्णकुमार श्रेष्ठ तथा अफिसर्स युगलमा भीमप्रसाद ढुङ्गाना र दुर्गा शाही प्रथम भएका छन् ।

भेट्रान्स खुलातर्फ राजेन्द्र अधिकारी र सबिन तामाङ प्रथम भएका छन् । जिल्लास्तरीय महिला सिङ्गलमा बबिता पुरी, पुरुष सिङ्गलमा सबिन तामाङ र १९ वर्षमुनि पुरुषतर्फ शलिन गुरुङ प्रथम भएको आयोजक समितिका राजकुमार श्रेष्ठले जानकारी दिए । मेयरकप ब्याडमिन्टन प्रतियोगितामा नीलकण्ठ नगरपालिकाका प्रमुख ढुङ्गाना आफैँले खेल खेलेर पुरस्कृत भएका हुन्।

पुरस्कृत खेलाडीलाई नगरपालिका प्रमुख ढुङ्गाना, जिल्ला न्यायाधीश देवेन्द्र पौडेल, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए । जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष विष्णुलाल श्रेष्ठले समापनका अवसरमा निर्माणाधीन ब्याडमिन्टन कभर्ड हल निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *