मलेशियामा पुन: २० नेपालीका शव, जहाजको पर्खाइमा अलपत्र

डिसी नेपाल
१३ पुष २०७७ १२:२२

क्वालालम्पुर। मलेसियाबाट केही दिनअघिमात्रै २६ नेपालीका शव नेपाल पठाइएकोमा फेरि २० वटा शव जम्मा भइसकेका छन् । अर्थात् मलेसियाका विभिन्न स्थानहरुमा कार्यरत नेपाली मजदुरहरुको मृत्यु दर बढ्न थालेको छ ।

यही गतिमा मृत्युदर बढ्ने हो र साना विमानले शव नबोक्ने हुँदा शव नेपाल पठाउनकै लागि पनि महिनामा एकपटक वाइडबडी जहाजको उडान आवश्यक देखिएको छ। केही समयअगाडि मात्रै २६ वटा शव अलपत्र परेको समाचार डिसी नेपालबाट प्रकाशित भएको थियो।

ती शवहरु दूतावास र मजदुर समाज लगायतको लामो प्रयासपछि नेपाल एयरलाइन्सको वाइडबडी जहाजको उडान गराइएको थियो। त्यसपछि फेरि त्यस्तो उडान हुन नसक्दा मलेसियाका अस्पतालमा नेपाली मजदुरका शव अलपत्र पर्ने क्रम बढेको छ।

अहिले फेरि २० वटाभन्दा धेरै शवहरु फ्लाइट अभावको कारण समयमै स्वदेश फर्काउन नसकिएको मलेसियास्थित नेपाली राजदुतावास स्रोतले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *