एलेन मस्क भन्छन : रोजगारीको लागि कलेजको सर्टिफिकेट चाहिँदैन

डिसी नेपाल
१३ पुष २०७७ १२:३९
676
Shares

काठमाडौं।  विश्व बिख्यात कार निर्माता कम्पनी टेस्लाका मालिक एलेन मस्कले आफ्नो कम्पनीमा रोजगारको लागि कलेजको सर्टिफिकेट अनिवार्य नभएको बताएका छन्। सेटेलाइट कन्फ्रेन्समा बोल्दै उनले आफ्नो कम्पनीमा काम गर्न चाहानेका लागि कुनैपनि कलेजको सर्टिफिकेट नचाहिने बताएका हुन्।

कलेज पढेपछि लाखौं रुपैयाँ श्रृण लिएर ४ वर्ष अध्यन गर्नुपर्ने र त्यसपछि थप मानसिक बोझ थुप्रिने उनको भनाई छ। अहिलेको समयमा विद्यार्थीले सबैकुरा अनलाइनमा ‘फ्री’मै सिक्न सक्ने उनको भनाइ छ।

धेरै विश्वविख्यात कम्पनीहरुले भने रोजगारको तह अनुसारको मापदण्ड बनाएका हुन्छन, जहाँ कलेज तथा यूनिर्भसिटिको सर्टिफिकेटलाई अनिवार्य गरिएको हुन्छ। तर, टास्लाको मालिक मस्कले आफ्नो कम्पनीमा भने रोजगारको लागि यी सबै कुरा अनिवार्य नरहेको बताएका छन्। उनले भनेका छन् ‘कलेजहरु सिक्नको लागि होइन, कलेज रमाइलोको लागि हो।’ आफु जस्तै धनी बन्नको लागि कुनै पनि व्यक्तिले स्कुल छोडर धेरै कुरा गर्न सक्ने उनको भनाइ छ।

बिल गेट्स, वर्केल्स ल्यारि विल्सन लगायत विश्वका धनाढ्य व्यक्तिहरुले कलेज छोडेर आफ्नो व्यवसायमा लागेका हुन्। यस्तै एप्पल, गुगल र नेटफिल्क्सि कम्पनीमा पनि कलेजको सर्टिफिकेटलाई अनिवार्य गरिएको छैन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *