केशव दाहालकाे नयाँ गीत ‘चौतारिमा बसौंन पियारी’ सार्वजनिक (भिडियाे)
काठमाडाैं। नेपाली सांगीतिक आकाशमा एउटा नयाँ सृजना उदाएको छ। विदेशमा रहेर पनि नेपाली गीत संगीतमा लाग्ने कालाकारहरु छन् तर उनीहरूकाे सङ्ख्या कम छ। विदेशमा रहेर पनि नेपाली गीत संगीतलाइ माया गर्ने मध्येका एक हुन् केशव दाहाल।
दशक भन्दा बढी विदेशमा रहे पनि विभिन्न अवसरमा विभिन्न माध्यामबाट संगीतको सुर पस्किने गरेका छन्। अध्ययन गर्ने क्रममा संगीतकाे पनि अध्ययनले उनकाे स्वारमा निखारता र मिठास सजिलै सुन्न सकिन्छ।
अमेरिका बसेर बिभिन्न स्टेज कार्यक्रममा मनोरञ्जन दिने केशव समाजिक सञ्जालमा पनि सकृय छन्। आधुनिक गायनमा बढी रुची भए पनि लोक गीत र प्यारोडी गायनमा उनको आवाज जमेको देखिन्छ। उनको पहिलो गीत ‘बैँसमा लाको पिरती’ निक्कै चर्चित छ जुन गीत उनको पहिलो गीत हो।
अहिले नेपालमा नयाँ पुस्तामा एकछत्र राज गरेकी गायिका मेलिना राईसँग केशवले गाएको यो नयाँ गीत ‘चौतारिमा बसौंन पियारी’ स्राेत र दर्शकले निकै रूचाएका छन्।
यूट्यूवमार्फत सर्वनजिक गरिएको सो गीतको संगीत भने नेपालका ख्याती प्राप्त संगीतकार राजनराज शिवाकोटीले गरेका छन्। गीतको रचना डा. राजुबाबु श्रेष्ठले गरेका छन् भने निरञ्जन र एलिशाले अभिनय गरेका छन्। यस भिडियोलाई सन थापाले निर्देशन गरेका छन्।
पूर्व ताप्लेजुङमा जन्मेर, पढाईको शिलशिलामा इलाम हुँदै काठमाडाैं र हाल अमेरिकामा रहेका केशवको आफ्नै शब्द र संगीतमा रहेको र राजेश पायल राईको स्वरमा मार्मिक गीत बजारमा आउने तयारीमा रहेको समेत गायक दाहालले बता।
No ads found for this position

डिसी नेपाल
Facebook Comment