जापानले रेष्टुरेण्ट क्षेत्रको लागि नेपाली कामदारको परीक्षा लिदैँ
टोकियो। रेष्टुरेण्टमा काम गर्ने नेपाली कामदार ल्याउन जापानले नेपालमा परीक्षा लिने भएको छ। गत वर्ष नेपालसँग गरेको सम्झौतानुसार नेपाली कामदार ल्याउनको लागि जापानले रेष्टुरेण्ट क्षेत्रको परीक्षा २०२१ जनवरी ५ देखि आवेदन लिने भएको हो।
पहिलो पटक रेष्टुरेण्ट क्षेत्रमा हुन लागेको उक्त परीक्षामा लामो समयसम्म जापान बसेर फर्केकाहरु आउन चाहनेहरुलाई सहज हुने जनाइएको छ।
जापानले पहिले नै नेपालसहित विभिन्न ११ देशबाट ५ वर्ष भित्रमा करिब चार लाख ५० हजार कामदार भित्र्याउने जनाइसकेको थियो। हालसम्म केही संख्यामा मात्र भियतनाम, नेपाल, चीनबाट कामदार भित्रिएका छन्।
उक्त भीषा अन्तर्गत आउने कामदारको समय अवधि बढीमा पाँच बर्षको हुनेछ। साथै, सो समयमा उनीहरुले आफ्ना पारिवारका सदस्य ल्याउन भने पाउने छैनन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment