कोरोना भाइरसको नयाँ स्ट्रेनले महामारीको रुप धारण गर्ने डब्लूएचओको चेतावनी

डिसी नेपाल
१४ पुष २०७७ १४:४०
672
Shares

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको नयाँ स्वरुपका कारण विश्वमा अर्को ठूलो महामारी फैलिन सक्ने सम्भावना रहेको चेतावनी दिएको छ।

डब्लुएचओका अनुसार कोरोनाको नयाँ स्वरुपले अहिलेको भन्दा जटिल महामारी फैलाउन सक्ने छ। डब्लुएचओका अधिकारीहरुले कोरोना भाइरस ठूलो नभएको बताएका छन्। अब फैलने महामारी विश्वका लागि नै खतरा हुने उनीहरुको विश्लेषण छ।

युएन एजेन्सीले कोरोना भाइरस भन्दा नयाँ स्ट्रेनको भाइरसको संक्रमण चाडो फैलिने बताएका छन्। डब्लुएचओका प्रमुख टेड्रस अडानोम गेब्रियससले परीक्षण र भ्याक्सिनहरुमा सम्भावित प्रभाव पार्नसक्ने बारे दैनिक अध्ययन भइरहेको बारे जानकारी दिए।

डब्लुएचओका आपतकालीन कार्यक्रमका प्रमुख डा.माइक रायनका अनुसार अर्को महामारी झन् गम्भीर हुन सक्ने बताउँदै सबैले मिलेर कार्य गर्नु आवश्यक रहेको बताएका छन्। उनले भने, ‘हामी कमजोर ग्रहमा र बढ्दो जटिल समाजमा बाँचिरहेका छौं।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *