बागमतीका मुख्यमन्त्रीको एक्शन, संसदीय दलका नेता र सचेतक बर्खास्त
फाइल
काठमाडौं। आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई बर्खास्त गरेका छन्।
शालिकरामकै नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता गरिएपछि मुख्यमन्त्रीले एक्शन लिएका हुन्। दलको नेताको हैसियतले उपनेता र सचेतकलाई हटाइएको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ। उनीहरु दुवैजना पूर्व माओवादी पक्षका हुन्। हाल उनीहरु प्रचण्ड माधव समूहमा लागेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment