भारत र चीनबीच सीमामा तनाव हुँदा अक्टुबरमामात्र भारतीयले किने १७ लाख बढी चिनियाँ मोबाइल

डिसी नेपाल
१४ पुष २०७७ २३:०६
228
Shares

नयाँ दिल्ली (एजेन्सी)। यो वर्ष चीन र भारतबीच तनाव हुँदा भारतमा चिनियाँ समानमाथि प्रतिबन्ध लगाउनुपर्ने बहस भयो। र भारतमा चिनियाँ सामानलाई बाइकट भनियो। तथा आत्मनिर्भर भारतको नारा दिइयो। भारत सरकारले २ सयभन्दा धेरै चिनियाँ मोबाइल एप्समाथि प्रतिबन्ध पनि लगायो।

तर, भारत र चीनबीच तनाव जारी रहँदा गएको अक्टुबरमा भारतीय बजारमा चिनियाँ कम्पनीका मोबाइल फोनको विक्री उल्लेख्य रुपमा बढेको छ। भारतीय सञ्चार माध्यम द प्रिन्टका अनुसार गत अक्टुबरमा भारतीयहरुले अनलाइन माध्यम तथा पसलहरुबाट ६० लाखभन्दा धेरै चिनियाँ कम्पनीका मोबाइल किनेका छन्।

स्माटफोन मार्केट एनालाइटिक्सका अनुसार २०१९ को अक्टुबरमा विक्री भएका मोबाइलको संख्या ४३ लाख थियो।

यसरी हेर्दा गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष १७ लाख बढी मोबाइल भारतीयहरुले किनेका हुन्। भारतमा सबैभन्दा धेरै विक्री हुने चिनियाँ मोबाइल ब्राण्डहरुमा श्यामी, भिभो, रियलमी र ओप्पो छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.