भ्याली कोल्डस्टोरका सञ्चालकलाई अपहरण गर्ने मुख्य अभियुक्त पक्राउ
सांकेतिक तस्बिर
काठमाडौं। करिव १३ वर्ष अगाडि भ्याली कोल्डस्टोरका सञ्चालक बाबुराजा रावललाई अपहरणगर्ने मुख्य अभियुक्त पक्राउ परेका छन्। रावललाई अपहरण गर्ने मुख्य अभियुक्त सर्लाहीका कुमार बुढाथोकीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो।
बुढाथोकीको समूहले २०६५ साल पुसमा भ्याली कोल्डस्टोरका संञ्चालक बाबुराजा रावललाई अपहरण गरी एक करोड ५० फिरौती लिएर छाडेको थियो। उक्त अपहरणकाण्डमा संलग्न भएका प्रल्हाद महत र उमाकान्त खतिवडा यसअघि नै पक्राउ परिसकेका छन्।
तर मुख्य अभियुक्त बुढाथोकी भने फरार थिए। बुढाथोकीलाई मंगलबार राति पक्राउ गरेको सिआईबी प्रमुख सहकुल थापाले पुष्टि गरेका छन्।
अपहरणमा संगल्न सबैलाई काठमाडौं जिल्ला अदालतले २३ वर्षको कैद सजाय सुनाइसकेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment