छिमेकी महिलासँग सम्बन्ध राख्न बनाए सुरुङ, अनि श्रीमानले…

डिसी नेपाल
१५ पुष २०७७ १८:५९
48.5k
Shares

काठमाडौं (एजेन्सी)। एक बिवाहित पुरुषले एक बिवाहित छिमेकी महिलासँग सम्बन्ध राख्न आफ्नो घरदेखि ती महिलाको कोठासम्म सुरुङ बनाएको खुलासा भएको छ। छिमेकी महिलासँग प्रेम भएपछि ती पुरुषले सो सुरुङमार्फत त्यहाँ जाने गरेका थिए।

जब ती बिवाहित महिलाका श्रीमान घरबाट बाहिर निस्कन्थे, प्रेमी सुरुङबाट ती महिलाको कोठामा पुग्थे। यो घटना मेक्सीकोको हो। डेलिमेलका अनुसार अल्बर्टो नामका ती पुरुषले सुरुङ बनाएको घटनाको पटाक्षेप एक दिन ती महिलाका श्रीमान जर्ज अफिसबाट छिटै घर फर्केपछि भएको हो।

घरमा उनले श्रीमती र उनका प्रेमी अल्बर्टोलाई रंगेहात फेला पारेका थिए। ती महिलाका श्रीमान घरमा पुगेपछि अल्बर्टो एकाएक गायब भए। जर्जले अल्बर्टोलाई निकै खोजे तर फेला पार्न सकेनन्। यसरी गायब भएपछि उनी पनि हैरान भएका थिए।

उनले खोजी गर्दा त्यहाँ एक सुरुङ फेला पारे। अनि सुरुङबाट भित्र जाँदा उनी छिमेकमा अल्बर्टोको घरमा पुगे। अल्बर्टोले आफ्नो अफयरबारे आफ्नी श्रीमतीलाई केही नभन्न अनुरोध गरेका थिए। तर, डेलिमेलका अनुसार जर्जले सबै कुरा सार्वजनिक गरिदिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *