कहिले खुल्छ रानीपोखरी? [फाेटाेफिचर]
काठमाडौं। ऐतिहासिक रानीपोखरीले मौलिक स्वरुप फिर्ता पाय पनि सरकारले बुझ्न ढिलाइ गर्दा कुरुप बन्दै गइरहेको छ। राजा प्रताप मल्लको पालामा निर्माण गरिएको रानीपोखरीमा २०७२ सालको भूकम्पले क्षति पुर्यायको थियो।

भुइँचालोपछि ’खण्डहर’ रानीपोखरी साढे पाँच वर्षपछि पुरानै स्वरूपमा फर्कियो। तर, निर्माण सम्पन्न भए पनि ’लेउ र झ्याउ’ ले पोखरी ढाँकिदा कतै मल्लकालीन रानी पोखरी फेरि कुरुप अवस्थामा पुग्ने हो कि भन्ने आशंका सर्वसाधारणमा बढेको छ। निर्माण सम्पन्न भए पनि सर्वसाधारणले भने प्रवश अनुमति पाएका छैनन्।

मल्लकालमा शिखर शैलीमा निर्माण सम्पन्न भएको रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर राणाकालमा गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो। स्थानीयको दबाबपछि रानीपोखरीले मल्लकालीन स्वरुप फिर्ता पाएको हो। मन्दिर करिव २६ करोड लागतमा पुर्न निर्माण प्राधिकरणले निर्माण सम्पन्न गरेको हो।

भूकम्पपछि पानीविहीन बनेको रानी पोखरी अहिले पानीले भरिएको छ। र मन्दिर क्षेत्रलाई बत्तीले सजाइएको छ। तर, सम्बन्धित सरकोकारवाला निकायको ध्यान पुग्न नसक्दा पोखरीमा ’लेउ र झ्याउ’ उम्रिएको छ। प्राधिकरणका राजुमान मानन्धरका अनुसार पोखरीमा ’लेउ र झ्याउ’ उम्रिएको बारेमा सर्वसाधारणको गुनासो बढ्दै गएपछि बुधबार छलफल भएको थियो।

‘हामीले पहिले ५ पटक पोखरी सफा गर्यौं। बारम्बार पोखरी सफा गरेका त थियौं। तर लेउ आउने क्रम पनि नरोकिने र खर्च पनि महंगो हुने हुँदा प्राधिकरणले पोखरी सफा हुने दीर्घकालीन समाधानका निम्ति योजना बनाएको छ,’ शाक्यले भने।

एउटा पानी सफा गर्ने पानी चलायमान बनाउने विकल्प छ। अब पानी सफा गरेर पम्मले चलायमान बनाउने कार्य छिट्टै सुरु हुनेछ। अव रानी पोखरीमा माछा उफ्रेकाे पनि चाडै देख्न पाइनेछ। माछा राख्ने सम्बन्धी योजना अन्तिम चरणमा रहेको उनको भनाइ छ।

‘प्राधिकरणले रानी पोखरी निर्माण सम्पन्न गर्ने जिम्मा मात्रै लिएको थियो,’ उनले भने, ‘महानगरपालिकाले प्राधिकरणलाई जमल र शान्तिबाटिका पुनर्निर्माण गर्ने जिम्मा दिँदा व्यबस्थापनमा केही समस्या आएको छ।’

यी दुवै क्षेत्र बनेपछि वरिपरि फराकिलो खुला स्थल तयार हुनेछ। शान्तिबाटिका क्षेत्रमा पार्क व्यवस्थापन, शौचालय निर्माण, रानीपोखरी छिर्ने टिकट काउन्टर बन्नेछन्। जसको ठेक्काको काम अब हुँदैछ।

उक्त काम भइसके पछि आवस्यक प्रक्रिया पुरा गरेर महानगरपालिकाले सर्वसाधारणका लागि खुला गर्ने योजना बनाएको छ। यसअर्थमा हेर्दा रानीपोखरी परिसर भित्र सर्वसाधारणका लागि खुला हुन केही समय अझै कुर्नु पर्ने देखिन्छ।

सबै तस्वीर : मन्दिरा राउत/ डिसी नेपाल
No ads found for this position


डिसी नेपाल
Facebook Comment