स्वागत गराैं नयाँ वर्षलाई [कविता ]

डिसी नेपाल
१८ पुष २०७७ ९:२१
92
Shares

धेरै वर्षहरू बिते,
क्यालेण्डरका पानाहरू क्रमश: फर्किँदै गए,
आगतले विगतलाई सजिलै बिदा दिए,
ऋृतुहरू आउने-जाने निरन्तरता कायमनै भए।।

सामुमा, समय!-फगत इतिहास बन्यो,
समयको यो नियति, हिजो थियो, आज छ र रहिरहनेछ।
यही समयले फेरि हामी सबलाई,
इतिहास-चक्रको पात्रमा समावेश गर्दैछ।।

के थाहा? हाम्रा भूमिकाहरू,पूरा भए-भएनन्?
कतै ,उद्देश्य र लालचहरूमा हाम्रा कामनाहरू हारेकी?

कतै, आडम्बरका बिदुरनीतिहरूका खोलहरूले
धृतराष्ट्रहरूका बिदम्स भैचालोहरू बनी बस्तीहरू नै सखाप पारेकी?

कतै पिरै-पिरले थिचेका छातीहरू र नियतिका चट्यागहरूले छिया-छिया भएका मुटुहरूको ,
आडम्बरीका शल्यचीकित्सक बनी उपचार पो गर्यौ कि?

भैगो! बिवाद नगरौ,
लेखाजोखाको सही हिसाब भैइरहेकैछ।
ढुक्क होऊँ! यो नातावाद -कृपावादबाट मुक्त छ,
न त यो घुसखोरीको लालचमै फस्छ।।

एउटा सिकाैं जीवनरूपी सबको यो “कक्षाकोठामा”,
नयॉ बर्षले फरि “अध्यापन शुरू गरेकोछ”।
आऊँ! हामी सब आफ्नै -आफ्नै इतिहासका,
सिकाैं कि किताबहरूका ठेलीहरू पढौ।।

नदोह्याऊ पुराना ती गल्तीहरू!

सिकौ, आफ्नै इतिहासहरूबाट,
मनन गरौं!गहिरो आत्मालोचनाबाट।
अनि स्वागत गराैं, यो नयाँ बर्षलाई।।

स्वागत गराैं यो नयाँ बर्षलाई।।

उर्मिला निर्दोषी

अध्यक्ष, अनेसास-मीजौरी च्याप्टर

उपाअध्यक्ष,  आन्मा

महिला संयोजक,  अनेसास


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *