डेल स्टेनले आईपीएल नखेल्ने

डिसी नेपाल
१८ पुष २०७७ १७:१३
84
Shares

नयाँ दिल्ली (एजेन्सी)। दक्षिण अफ्रिकी फास्ट बलर डेल स्टेनले यो सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट नखेल्ने भएका छन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार उनले शनिबार आईपीएल नखेल्ने घोषणा गरेका हुन्।

गएको सिजनमा रोयल च्यालेन्जर्सबाट खेलेका स्टेनले किन आईपीएल नखेल्ने घोषणा गरे, त्यो भने खुलिसकेको छैन। तर, गएको सिजनमा उनले मैदानमा उत्रिने मौका भने निकै कम पाएका थिए। बढ्दो उमेका कारण कुनै बेला संसारकै घातक फास्ट बलर स्टेनको पछिल्लो समय प्रदर्शनमा लगातार गिरावट आइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *