साङ्घातिक हमला गर्ने आठ जना सार्वजनिक

डिसी नेपाल
१८ पुष २०७७ २२:०७
124
Shares

कञ्चनपुर । भीमदत्त नगरपालिका–३ का वर्ष २८ का वडा सदस्य रमेश चौधरीमाथि साङ्घातिक हमला गरी घाइते बनाउने गिरोहका आठ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । भाँसीबाट तिलकपुर हुँदै घरतर्फ जाने क्रममा पुस १० गते वडा सदस्य चौधरीमाथि पुरानो रिसइवीका कारण ज्यान लिने मनशायबाट आठ जनाले साङ्घातिक आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

यसैगरी पुनःवास नगरपालिका–१ ढक्का बस्ने वर्षीया ७१ का खण्टी भुलको हत्यामा संलग्न ४९ वर्षीय दलबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको मोहन्याल गाउँपालिका–५ घर भई हाल कञ्चनपुरको लालझाडी गाउँपालिका–६ ढक्का शिविर बस्ने विकलाई आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

यही पुुुुस ११ गते खण्टीको घरभित्रै हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । विकको घरभित्र खानतलासी गर्दा मृतकले लगाएको सुनको मुन्द्रा, तिलहरी र हत्या गर्न प्रयोग गरेको हतियार, चप्पल र कपडा फेला परेको प्रनाउ क्षेत्रीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.