बिग बास लिगमा आज सन्दीप होबर्ट हुरीकेन्सबाट दोस्रो खेल खेल्दै
काठमाडौं । अष्ट्रेलियामा जारी बिग बास लिगमा आज (सोमवार) सन्दीप सम्मिलत टोली होबर्ट हुरीकेन्सले मेलबर्न स्टार्स बिरुद्व खेल्दैछ । नेपाली समय अनुसार बिहान १० बजेर ५० मिनेटमा सुरु हुने खेलमा होबर्ट हुरीकेन्सले टस जितेर फिल्डीङ गर्ने निर्णय गरेको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आज (सोमवार) होबर्ट हुरीकेन्सबाट दोस्रो खेल खेल्दैछन । होबार्ट हुरिकेन्समा आबद्ध लामिछानेले कोरोना भाइरसको सङ्क्रमणका कारण यस यामका शुरुआतका छ खेल गुमाएका थिए।
नेपालमै छँदै कोरोनाबाट सङ्क्रमित भएका कारण लामिछानेलाई बिगबास लिग खेल्नका लागि अष्ट्रेलिया जान ढिला भएको थियो। अस्ट्रेलिया पुगेपछि पनि अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने भएका कारण उनी प्रारम्भका ६ खेल खेल्नबाट वञ्चित भएका थिए । लामिछानेले यसअघि दुई यामको बिगबास मेलवर्न स्टार्सबाट खेलेका थिए। ती दुई याममा उहाँले कूल २० खेल खेल्दै २६ विकेट लिएका थिए। राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने क्रममा लामिछाने कोरोनाबाट सङ्क्रमित भएपछि केही समय आराम गर्दै त्यसबाट मुक्त भएपछि मात्र उनी अष्ट्रेलिया उडेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment