मेलबर्न स्टार्स बिरुद्वको खेलमा सन्दीपले लिए पहिलो विकेट
काठमाडौं । अष्ट्रेलियामा जारी बिग बास लिग अन्तर्गत होबर्ट हुरीकेन्स र मेलबर्न स्टार्स बीचको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले होबर्ट हुरीकेन्सका लागि पहिलो विकेट लिएका छन । खेलमा अहिले सम्म २ ओभर बलिङ गरेका सन्दीपले दोस्रो ओभरको दोस्रो बलमा मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेललाई एलबीडब्लु धरापमा पारेका हुन । टस हारेर ब्याटिङ गरेको मेलबर्नले ३ विकेट गुमाएर ६३ रन बनाएको छ । यसअघि शनीवार सन्दीपले मेलबर्न स्टार्स बिरुद्वको पहिलो खेलमा पनि २ विकेट लिएका थिए ।
नेपालमै छँदै कोरोनाबाट सङ्क्रमित भएका कारण लामिछानेलाई बिगबास लिग खेल्नका लागि अष्ट्रेलिया जान ढिला भएको थियो। अस्ट्रेलिया पुगेपछि पनि अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने भएका कारण उनी प्रारम्भका ६ खेल खेल्नबाट वञ्चित भएका थिए । लामिछानेले यसअघि दुई यामको बिगबास मेलवर्न स्टार्सबाट खेलेका थिए। ती दुई याममा उहाँले कूल २० खेल खेल्दै २६ विकेट लिएका थिए। राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने क्रममा लामिछाने कोरोनाबाट सङ्क्रमित भएपछि केही समय आराम गर्दै त्यसबाट मुक्त भएपछि मात्र उनी अष्ट्रेलिया उडेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment