दोहाबाट काठमाडौं यात्रा गर्दा अरुको सामान नबोक्न दूतावासको आग्रह
काठमाडौं। दोहाबाट काठमाडौं यात्रा गर्दा कानुनले तोकेभन्दा बढी र अन्य व्यक्तिको बहुमूल्य बस्तुहरु नबोक्न दोहास्थित नेपाली राजदूतावासले आग्रह गरेको छ। दूतावासले सोमबार एक सूचना जारी गर्दै विभिन्न प्रलोभनमा परी सुन लगायतका बहुमुल्य वस्तुहरु नल्याउन र अरुको सामान नबोक्न आग्रह गरेको हो।
‘कतारबाट नेपाल जाने केही नेपालीहरुले अन्य व्यक्तिको अनुरोधमा वा विभिन्न प्रकारका प्रलोभनमा परी सुनलगायतका बहुमुल्य वस्तुहरु लैजाने तथा यसै कारणले नेपालमा विभिन्न समस्यामा परेको सूचनाप्रति राजदूतावासको ध्यानाकर्षण भएको छ।’, दूतावासले जारी गरेको सूचनामा भनिएको छ।
दूतावासले कतारमा रहँदा आफूले खरिद गरेको सुनलगायतका बहुमुल्य बस्तुहरु नेपालको प्रचलित कानूनले तोकेको परिमाणभित्र रहेर उक्त वस्तुहरुको खरिद बिलसँगै राखेर मात्र नेपाल ल्याउन आग्रह गरेको छ।
साथै, कानुनले तोकेको परिमाणभन्दा बढी बहुमूल्य वस्तुहरु बोकेको पाइएमा त्यस्तो सामान जफत र कारबाही समेत हुने भएकाले जुनसुकै बहानामा भएपनि अन्य व्यक्तिको सामानहरु लिएर यात्रा नगर्न दुतावासले सचेत गराएको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment