ट्रकको ठक्करबाट मण्डलको मृत्यु

डिसी नेपाल
२१ पुष २०७७ ८:५९
84
Shares

राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा आज बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–१ का ३५ वर्षीय रामकुमार खत्वे मण्डल रहेकोे प्रहरी उपरीक्षक राजेन्द्र धमलालले जानकारी दिए।

ठक्करबाट गम्भीर घाइते भएका मण्डलको स्थानीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको हाललाई नम्बर नखुलेको ट्रकले वीरेन्द्रबजारमा उनलाई ठक्कर दिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *