साउदीमा रहेका नेपालीका लागि अस्थायी कार्यालय राखिदैँ
काठमाडौं। साउदीस्थित नेपाली दूतावासले अल हासामा राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि अस्थायी कार्यालय राख्ने भएको छ। दूतावासले आउँदो शुक्रबार(८ जनवरी २०२१) साउदीस्थित अल हासास्थित लब्बैक होटल निजकै (मज्रा बोक्शा)मा बिहान ९ बजेदेखि अस्थायी कार्यालय राख्ने भएको हो।
राहदानी आवेदनका लागि अनिवार्यरुपमा सक्कल राहदानी, राहदानीमा आफ्नो फोटो भएको पेज र पेज नं. ३१ को फोटोकपि र नागरिकताको फोटोकपि उपलब्ध गराउनु पर्ने छ।
दूतावासका अनुसार राहदानी दस्तुर साउदी रियाल दुई सय लाग्ने छ भने यदि राहदानी हराएको वा कुनै कारणले बिग्रिए/च्यातिएको भए साउदी रियाल चार सय लाग्ने छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment