हातमा बन्दुक बोकेर बालबालिकालाई क, ख पढाउने शिक्षक ! प्रहरीले अनुसन्धान थाल्यो
काठमाडौं। हातमा बन्दूक बोकेर बालबालिकालाई पढाइरहेका एक व्यक्तिको भिडियो भाइरल भएपछि उनको बारेमा थप अनुसन्धान सुरु भएको छ । यो भिडियो भारतको बिहार राज्यको मुजफ्फरपुरको भएको बताइएको छ । यी व्यक्तिले त्यहाँको मिठनपुरा थाना क्षेत्रमा पान पसल चलाउने बताइएको छ । यो भिडियो जानकारीमा राख्दै नगर डिएसपी राम नरेश पासवानले जाँच गर्न आदेश दिएका छन् ।
यो भिडियो बालबालिका पढाउने व्यक्तिले नै बनाएका हुन् । भिडियोमा ती व्यक्तिले बालबालिकालाई क, ख, ग, घ लेख्न भनिरहेका छन् । उनले सही लेख्नेलाई पुरस्कारस्वरुप पैसा दिने पनि भनेका छन् । यी व्यक्ति पहिले पनि अवैध हतियार राखेको अभियोगमा जेल गइसकेको बताइएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment