अर्मेनियाका प्रधानमन्त्री सेल्फ आइसोलेसनमा

डिसी नेपाल
२२ पुष २०७७ २२:५५
36
Shares

यरेभान । अर्मेनियाका प्रधानमन्त्री निकोल पशिन्यान सेल्फ आइसोलेसनमा बसेका छन् । उनि सेल्फ आइसोलेसनमा भएकाले राजधानी यरेभानमा क्रिसमसका अवसरमा बुधबार आयोजित विषेश समारोहमा पनि अनुपस्थित भएका थिए ।

धार्मिक नेताको अगुवाइमा भएको महत्वपूर्ण कार्यक्रममा उनको अनुपस्थितिपछि सचिवालयले सेल्फ आइसोलेसनमा भएकाले उपस्थित हुन नसकेको जानकारी दिएको छ ।

“सङ्क्रमणसम्बन्धी समस्याका कारण उहाँ सो समारोहमा उपस्थित हुन असमर्थ हुनुभयो, उहाँ अहिले सेल्फ आइसोलेसनमा हुनुहुन्छ,” प्रधानमन्त्री पशिन्यानका सञ्चार सचिव मान गेभोग्र्यानले भने ।

उनका अनुसार प्रधानमन्त्री पशिन्यान यसअघि गत जुनको अन्त्य तिर पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएकोमा अहिले फेरी सङ्क्रमणको घेरामा परेका हुन् ।

सीमा क्षेत्रमा विवादको समस्या झेल्दै आएको अर्मेनियाको त्यहीसम्बन्धी गतिविधिमा संलग्न भएका बेला उनि पुनः सङ्क्रमणको घेरामा परेको सञ्चार सचिव गेभोग्र्यानले जानकारी दिए ।

अर्मेनियाको सरकारी निकायले बुधबार दिएको जानकारीअनुसार अर्मेनियामा अहिलेसम्म एक लाख ६० हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने दुई हजार ८९० जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.